प्रस, वीरगंज, २९ पुस/
शैक्षिक शहीद मुकुन्दप्रसाद खनाल स्मृति प्रतिष्ठानको आइतवार सम्पन्न बैठकले मानवसेवा आश्रममा खाना खुवाउने, सम्मान गर्ने र माघ महीनामा रक्तदान तथा स्वास्थ्य शिविरको आयोजना गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानकी अध्यक्ष मुना खनालको अध्यक्षतामा बसेको बैठकमा युवराज खड्का, लालबाबू सिंह, विना उपाध्याय, प्रकाश उपाध्याय, प्रभु रौनियार, शान्ति माली, श्रवण रायमाझी, नेहा मिश्रलगायतको सहभागिता थियो ।
माघ ४ गते खनालको स्मृति दिवसको अवसरमा ती कार्यक्रमहरू गरिने निर्णय भएको सचिव लालबाबू सिंहले बताए ।