प्रस, वीरगंज, २६ पुस/
जिल्ला प्रहरी कार्यालय, पर्साले मानवसेवा आश्रममा फलफूल तथा औषधि सहयोग गरेको छ ।
जिप्रका, पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्साललगायत प्रहरी अधिकारीले मानवसेवा आश्रम वीरगंजका संस्थापक देवेश गुप्तालाई औषधि तथा फलफूल हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा वडा प्रहरी कार्यालय, बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईं, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्यामकुमार बस्नेत, जिल्ला ट्राफिक कार्यालय, पर्साका प्रहरी निरीक्षक लोकराज भट्टलगायतको सहभागिता थियो ।