नरेश यादव, पर्सागढी २६ पुस/
पटेर्वासुगौली गाउँपालिका–२ स्थित बङ्कुल खोलाको बगरमा बेवारिसे अवस्थामा नवजात शिशु भेटिएको छ । स्थानीय हीरालाल महतोले शिशुलाई देखेपछि प्रहरी चौकी रङ्गपुरमा बुझाएका थिए । शिशु छोरी रहेको र नारायणी अस्पताल, वीरगंज पठाइएको इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले बताए । नवजात शिशुलाई कसले फ्याँकेको हो सोबारे अनुसन्धान भइरहेको उनले बताए ।