प्रस, पोखरिया, २५ पुस/
पर्सा जिल्लाका १४ वटै पालिकाले अहिले चीसो बढेकोे कारण विद्यालयको पठनपाठन बन्द गराएका छन् । केही विद्यालयहरू पुस २६ गते भोलिदेखि सञ्चालनमा आउँदैछन् भने ढिलोगरी विद्यालय बन्द गरेको ठोरी गाउँपालिकाका विद्यालयहरू माघ ४ गतेदेखि सञ्चालनमा आउने भएका छन् ।
वीरगंज महानगरले पनि पुस २७ गतेसम्म बिदा दिएकोले २८ गतेदेखि सञ्चालनमा आउने भएको छ । चीसो बढेको खण्डमा बिदा लम्बिने अथवा तोकिएकै समयमा विद्यालय सञ्चालन हुने प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले बताए ।
उनले प्याब्सनले जिल्लास्तरमा संस्थागत विद्यालयहरू बन्द गर्न सूचना जारी नगरेको तर महानगरको सूचना अनुसार नगर कमिटीले महानगर अन्तर्गतका विद्यालयहरू बन्द गर्न अनुरोध गरेको बताए ।
उनले कतिपय विद्यालयहरूमा परीक्ष्Fा सञ्चालन भइरहेकाले संस्थागत विद्यालयहरू बन्द नभएको बताए ।
पालिकाहरूले शैक्ष्Fिक संस्थाहरू बन्द गर्न दिएको निर्देशनको सामुदायिक विद्यालयहरूले मात्र पालना गरेका छन् । १४ वटै पालिकाका सामुदायिक विद्यालयहरू अहिले बन्द छन् भने संस्थागत विद्यालयहरू कुनै पालिकामा बन्द छन्, कतै सञ्चालनमा छन् । पोखरिया नगरपालिका र जीराभवानी गाउँपालिका अन्तर्गतका संस्थागत विद्यालयहरू सञ्चालनमा छन् ।