प्रस, वीरगंज, २५ पुस/
नेपाल आयल निगमले मानवसेवा आश्रमलाई एक थान वाशिङ मेशीन र ३० थान कम्बल प्रदान गरेको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मानवसेवा आश्रमलाई वाशिङ मेशीन र कम्बल हस्तान्तरण गरेका थिए ।

नेपाल आयल निगमको ५५औं वार्षिकोत्सवको अवसर पारेर मानवसेवा आश्रमलाई उक्त सामग्री सहयोग गरेको नेपाल आयल निगम वीरगंज शाखाका प्रमुख रमेश ज्ञवालीले बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, वीरगंजका उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतम, पूर्वध्यक्ष गणेश लाठ, मानवसेवा आश्रम वीरगंजकी प्रमुख मुना पुलामी, वीरगंजका संस्थापक अध्यक्ष देवेश गुप्ता, प्रकाश थारूलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here