बलिराम शुक्ला, बिरुवागुठी, २५ पुस/
सुशासन साना किसान कृषि सहकारी संस्थाको छैटौं साधारणसभा बिहीवार सम्पन्न भएको छ ।
पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले साधारणसभाको उद्घाटन गर्दै सहकारी संस्थाले बचत र ऋण लगानीमा मात्र नभई उत्पादनमूलक कार्य गरेमा पर्सागढीको मुहार फेर्न सकिने बताए ।
उनले उत्पादनमूलक कार्य गर्ने सहकारीलाई नगरपालिकाले विशेष प्राथमिकता दिने बताए । नगरप्रमुख पाठकले पालिकामा जनशक्ति अभावले सहकारी क्षेत्रमा प्रभावकारी कार्य गर्न नसकिएको बताए ।
पर्सागढी नगरपालिका–३ स्थित आमोदेवी जनता क्याम्पस, बडनिहारको प्राङ्गणमा भएको कार्यक्रमको अध्यक्ष्Fता बिन्दुदेवी थरुनीले गरेकी थिइन् । कार्यक्रममा वडाध्यक्ष शेख खुर्सेद, पर्सागढीका पशु शाखा प्रमुख डा पुष्पेन्द्र साह, जिल्ला बचत तथा ऋण सहकारी सङ्घका सदस्य दीपेन्द्र कँडेल, साना किसान कृषि हकारी संस्था, उदयपुरघुर्मीका अध्यक्ष वीरेन्द्र कर्ण, झबराहा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष विक्रम कार्की, सुनाखरी कृषि सहकारी संस्था झुलिटारका अध्यक्ष अर्जुन नेपाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा लेखापरीक्षण प्रतिवेदन टीका श्रेष्ठ, स्वागत रञ्जु अधिकारी र सहजीकरण बलिराम शुक्लाले गरेका थिए ।