प्रस, वीरगंज, २३ पुस/
स्वास्थ्य कार्यालय, पर्साले मानवसेवा आश्रमलाई ४१ प्रकारका औषधि सहयोग गरेको छ ।

मङ्गलवार स्वास्थ्य कार्यालय, पर्साका प्रमुख डा मुक्तिनारायण साहसहितको टोलीले आश्रमका संस्थापक देवेश गुप्तालाई सो औषधि प्रदान गरेका हुन् । कार्यक्रममा मानवसेवा आश्रममा आश्रितहरूलाई कोभिड खोपको बुस्टर डोज पनि दिइएको स्वास्थ्य कार्यालय, पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी गराएका छन् ।

आश्रितहरूमध्ये अधिकांशको मानसिक अवस्था ठीक नरहेको, वृद्धवृद्धाको स्वास्थ्यमा निरन्तर समस्या देखिने गरेकाले प्राथमिक उपचारमा आवश्यक पर्ने औषधिका साथै मानसिक रोग, विभिन्न प्रकारका एन्टिबायोटिक, दुखाइ कम गर्ने औषधि, आँखा र कानका औषधि गरी ४१ प्रकारका औषधि स्वास्थ्य कार्यालयले प्रदान गरेको अधिकृत ठाकुरले बताए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय, पर्साका मल्लिका श्रेष्ठ, वीरगंज महानगरपालिकाका स्वास्थ्यकर्मी रामबाबू यादवलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here