प्रस, निजगढ, २० पुस/
युुथ अफ निजगढको शनिवार सम्पन्न ११औं साधारणसभाले अध्यक्षमा कमल पराजुलीलाई सर्वसम्मत चयन गरेको छ ।
साधारणसभाले उपाध्यक्ष सन्तोष पौडेल, महासचिव मनीता पाण्डे, सचिव अशोक श्रेष्ठ, कोषाध्यक्ष रवि सापकोटा, सहसचिव प्रह्लाद तिमल्सिनालगायत सदस्यहरू सर्वसम्मत भएका छन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष कमल स्वाँरले वार्षिक प्रगति विवरण र कोषाध्यक्ष अशोक श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले ११ वर्षदेखि फागु पूूर्णिमाको अवसरमा प्रि–होली कन्सर्ट आयोजना गरी राष्ट्रिय कलाकारहरूको प्रस्तुति र स्थानीय कलाकारहरूको हौसला बढाउन महŒवपूर्ण भूूमिका निर्वाह गर्दै असहाय, अपाङ्ग, गरीब, विपन्न, आगलागीपीडित, मिर्गौला, मुुटु, क्यान्सरका बिरामीहरूलाई आर्थिक सहयोग उपलब्ध गराउँदै अन्य सामाजिक सक्रिय रहँदै आएको छ ।
कार्यक्रममा वरिष्ठ सल्लाहाकार भाइकाजी श्रेष्ठ, जीतलाल श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए । संस्थाका अध्यक्ष कमल स्वाँरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मनीता पाण्डे र कार्यक्रम सञ्चालन सन्तोष पौडेलले गरेका थिए ।