जुबा, २० पुस/सिन्ह्वा
विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले दक्षिण सुडानका लाखौं मानिसलाई तत्काल आवश्यक मानवीय सहयोग गर्न आगामी छ महीनामा ४०४ करोड अमेरिकी डलर चाहिने बताएको छ ।
बिहीवार साँझ जारी पछिल्लो प्रतिवेदनमा डब्लुएफपीले दीर्घकालीन खाद्य तथा पोषण असुरक्षाका कारण देश लामो समयदेखि मानवीय सङ्कटको सामना गरिरहेको जनाएको छ । प्रतिवेदनले सुडानमा जारी द्वन्द्वले अवस्था झन् बिग्रेको र सन् २०२४ नोभेम्बर ३० सम्म आठ लाख ९२ हजार मानिस दक्षिण सुडानबाट भाग्न बाध्य भएको जनाएको छ ।
डब्ल्युएफपीले चेतावनी दियो– “परिस्थिति झन् खराब हुन सक्छ । सन् २०२५ मा करीब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षाको सामना गर्न सक्छन् ।”
प्रतिवेदनका अनुसार करीब ७७ लाख मानिसमध्ये २५ लाखले खाद्यान्न असुरक्षाको आपत्कालीन स्तरको सामना गर्न सक्छन् ।
डब्लुएफपीले २१ लाख बालबालिका तथा ११ लाख गर्भवती महिला तीव्र कुपोषणबाट पीडित हुने सम्भावना रहेको पनि उल्लेख गरेको छ ।
डिसेम्बर २०२४ मा डब्लुएफपीले दाताहरूलाई खाद्य आपूर्तिहरू पूर्व–स्थापना गर्न प्रारम्भिक रकम उपलब्ध गराउन आह्वान ग¥यो ।
जनवरी २०२४ देखि, डब्लुएफपीले ४२ लाख मानिसलाई सहयोग गरेको छ । सन् २०२४ डिसेम्बर ११ मा डब्लुएफपीले खाद्य असुरक्षा, द्वन्द्वबाट प्रभावित सीमान्तकृत समुदायहरूलाई सहयोग गर्न दक्षिण सुडानमा लचिलो रणनीति शुरू ग¥यो । रासस