प्रस, वीरगंज, १६ पुस/
ग्रीन सिटी सामुदायिक सेवा केन्द्र वीरगंजको आयोजनामा बुधवार वीरगंज महानगर–४ बिर्तास्थित त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम माविका विद्यार्थीहरूलाई सरसफाइ, वृक्षारोपणबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

ग्रीन सिटीका अध्यक्ष जयप्रकाश खेतानले बुधवार तेस्रो चरणको सरसफाइ तथा वृक्षारोपण अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको बताए । उनले वीरगंजको गौतम मावि, हरि खेतान बहुमुखी क्याम्पसपछि आज त्रिजुद्धमा सो सम्बन्धमा विद्यार्थीहरूको अभिमुखीकरण गरेर सरसफाइ र वृक्षारोपणबारे जानकारी गराइएको बताए । उनले विद्यार्थीहरूलाई विद्यालय प्रारम्भ हुने प्रार्थनाको बेला एकीकृत गरेर उनीहरूको तहबाट हुने सरसफाइ र वृक्षारोपणबारे प्रशिक्ष्Fण दिइएको बताए ।

विद्यार्थीहरूले विद्यालयबाट निस्कँदा बाहिर गर्ने फोहर व्यवस्थित गर्न र आआप्mनो घरमा वृक्ष्Fारोपण गर्न सुझाव दिएको अध्यक्ष खेतानले बताए । खासगरी विद्यार्थीहरू स्कूलबाट बाहिर निस्कँदा चकलेट, चाउचाउलगायतका खोेलहरू जथाभावी फाल्ने गरेको र यो क्रम अधिकतम बसमा सवार विद्यार्थीहरूबाट हुने हुँदा यसो नगर्न सुझाव दिइएको बताए । प्रत्येक अभिमुखीकरण कार्यक्रममा विद्यालयका ५० जना विद्यार्थीहरूलाई वृक्ष उपलब्ध गराइएको र उनीहरूलाई घरमा वृक्ष्Fारोपण गर्न सुझाव दिइएको बताए । साप्ताहिक रूपमा ग्रीन सिटीको आयोजनामा अहिले यो कार्यक्रम वीरगंजको सामुदायिक तथा संस्थागत विद्यालय र कलेजहरूमा गरिंदै आएको छ ।

आजको कार्यक्रममा वप्रका बिर्ताका प्रहरी वरिष्ठ नायब निरीक्ष्Fक यमनाथ पनेरू, व्यवस्थित वीरगंज अभियानका दिलीपराज कार्कीले अभिमुखीकरण गरेका थिए । कार्यक्रममा प्रहरी नायब निरीक्षक स्वप्निल देवकोटा, सञ्जीव तामाङ, सामुदायिक आँखा अस्पताल वीरगंजका महेशसिंह धामी, वीरगंज महानगरपालिकाका अधिकृत सर्फुद्दीन मियाँ, ग्रीन सिटीका सञ्जय शर्मा, त्रिलोकचन्द दारूकालगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here