प्रस, वीरगंज, १६ पुस/
वीरगंज सामुदायिक आँखा अस्पतालमा हिजो २३ जनाको मोतियाबिन्दुको निश्शुल्क शल्यक्रिया गरिएको छ । साहेब दरबारको आयोजनामा यही पुस १३ गते वीरगंज महानगर–२१ ताजपुरमा निश्शुल्क आँखा शिविर सम्पन्न भएको थियो ।
सो शिविरमा १६५ जनाको आँखा परीक्ष्Fण भएको र ३८ जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो । उनीहरूमध्ये २३ जनाको हिजो मङ्गलवार राति शल्यक्रिया गरिएको अस्पतालका महेशसिंह धामीले बताए । १५ जना आउन नसकेको कारण उनीहरूको शल्यक्रिया नभएको धामीले जानकारी गराएका छन् । निश्शुल्क शिविरमार्फत मोतियाबिन्दु देखिएकाहरूलाई संस्थाको आर्थिक सहयोगमा आँखा अस्पतालमा निश्शुल्क शल्यक्रिया हुँदै आएको छ ।
यसैबीच पुस ११–१३ गतेसम्म पर्सागढी नगरपालिकामा सम्पन्न आँखा शिविरमा ५६५ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको धामीले बताए । तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोगमा पर्सागढी नगरपालिकाको सबै वडाहरूमा शिविर सञ्चालन भएको र त्यसमा ६०० जना मोतियाबिन्दुको बिरामी फेला परेका थिए । उनीहरूमध्ये शल्यक्रियामा ५६५ जना मात्र सहभागी भएका धामीले बताए ।
यसैगरी वीरगंज महानगर–२६ सुगौलीका ३७ जनाको सोही आँखा अस्पतालमा सोमवार राति मोतियाबिन्दुको शल्यक्रिया भएको छ । पुस १३ गते शनिवार ३०० जनाको आँखा परीक्ष्Fण भएकोमा ३७ जनामा मोतियाबिन्दु देखिएपछि निश्शुल्क शल्यक्रिया गरिएको र औषधि, आतेजाते भाडासहित सबैलाई कम्बल वितरण गरिएको वडाध्यक्ष्F शम्भु मिश्रले बताए । उनले शिविरमा ३६ जनाको आँखामा समस्या भएकोले उनीहरूलाई निश्शुल्क चश्मा पनि वितरण गरिएको जानकारी गराएका छन् ।