प्रस, वीरगंज, १४ पुस/
जिल्ला प्रहरी कार्यालय, बाराले आइतवार पत्रकार सम्मेलन गरी राजकुमार रूम्बाको हत्या सम्बन्धमा हालसम्म भएको प्रगतिबारे जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा रूम्बा हत्या घटनामा अहिलेसम्म तीनजना पक्राउ परेको बारा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । उनले रूम्बाले चलाएको कारको धनी जिल्ला महोत्तरी, जलेश्वर नगरपालिका–३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय, बारामा दरबन्दी रहेर सिमरा विमानस्थलमा कार्यरत अनुसन्धान विभागका अधिकृत श्रीकान्त तिवारी, जीतपुरसिमरा उपमहानगर–१९ निवासी २७ वर्षीय पुरुषोत्तमकुमार दास र २० वर्षीय इन्द्रजीतकुमार चौहान गरी तीनजना पक्राउ परेको बताए ।

उनले पक्राउ परेकाहरूविरुद्ध बारा जिल्ला अदालतबाट सात दिनको म्याद थपेर कर्तव्य ज्यान मुद्दाको कसूरमा अनुसन्धान भइरहेको जानकारी गराए । यही पुस ६ गते जीतपुरसिमरा उपमनपा–११ बकुलियादेखि रमौली–लोसन्डा जाने सडकखण्डमा बाग्मती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कारमा रूम्बा मृत भेटिएका थिए । उनको शवको शल्यपरीक्ष्Fणपछि टाउकोमा गोली लागेको पुष्टि भएको थियो ।

बारा प्रहरीले घटनाबारेमा अनुसन्धान गर्दा रूम्बासँग पुरानो इबी भएको र चोरी तथा लुटपाटको उद्देश्यले हत्या गरिएको दाबी गरेको छ । घटनापछि बारा प्रहरीले मृतक रूम्बाले लगाएको सुनको सिक्री दास कार्यरत जय माँ इन्जिनीयरिङ वर्कशपबाट बरामद भएको बताए । दासको जिन्सको पाइन्टभित्र सुनको सिक्री बरामद भएको बारा प्रहरीको दाबी छ । यसैगरी, रूम्बाको पर्स पनि दासबाटै बरामद भएको प्रहरीले दाबी गरेको छ । मृतक रूम्बा प्रहरी चौकी विमानस्थलको सहयोगीमा कार्यरत थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here