प्रस, सिम्रौनगढ, १३ पुस/
रौटहटको मौलापुर नगरपालिका–५ स्थित शिव मन्दिरमा शुक्रवार अबेर रातिसम्म निषाद जातिको अगुवा भेला सम्पन्न भएको छ ।

उपेन्द्र मुखियाको अध्यक्षतामा भएको भेलामा सहभागी सीताराम मुखिया निषाद, नथु सहनी निषाद, इन्द्रजीत सहनी निषाद, कोशिला महतो नुनिया निषाद, जीतेन्द्र निषाद, हरेन्द्र महतो नुनिया निषाद, नागेश्वर मुखिया, दीपेन्द्र मुखिया, कामेश्वर मुखिया, राजदेव सहनी निषाद, राजेन्द्र सहनी निषाद, सुवेश मुखिया निषाद, रमाउती मुखिया निषादलगायतले नेपालमा निषाद जातिले बेग्लाबेग्लै सङ्गठन खोली बसेका र यसले कुनै निषाद जातिको अधिकार सुनिश्चित गर्न नसक्ने भन्दै निषाद जाति सबै एकताबद्ध हुनुपर्ने सुझाव दिएका थिए ।

विभिन्न सङ्गठनमा रहेका निषाद जातिले जातीय अधिकारका लागि साझा सोचको साथ अगाडि बढ्नुपर्ने भनेर अगुवा भेलामा छलफल गरेका थिए ।

भेलाले छिटै सम्पूर्ण निषाद जातिका अगुवाहरूको भेला डाक्ने र छरिएर बसेकाहरूलाई एउटै सङ्गठनमा गोलबद्ध बनाउने निर्णय गरेका थिए । भेलामा बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी जिल्लाबाट निषाद जातिका ५० जना अगुवा सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here