प्रस, वीरगंज, १३ पुस/
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) पर्साको शनिवार वीरगंजमा सम्पन्न चौथो जिल्ला अधिवेशनले मुनेश लायो मगरको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष ओमप्रकाश चौधरी, सचिव एन्जल चौधरी, सहसचिव रामकिशोर चौधरी, कोषाध्यक्ष सञ्जयदास थारूलगायत सदस्यहरू रहेको फोनिज मधेस प्रदेशका इन्चार्ज नीरज पिठाकोटे मगरले बताएका छन् ।

कार्यक्रममा हालै सम्पन्न नेपाल पत्रकार महासङ्घको पर्सा र बारामा निर्वाचित फोनिजका सदस्यहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा मधेस प्रदेशका अध्यक्ष दुश्यन्त चौधरी, फोनिजका पर्सा संस्थापक जगत राई, मधेस प्रदेश सदस्य जियालाल चौधरी, शम्भु महतो थारू, पूनम चौधरी, बाराका सदस्य नवीन चौधरी, उदयदास थारू, सन्तोषमान रञ्जीतकार, शेखर चौधरीलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here