प्रस, वीरगंज, १२ पुस/
जनता समाजवादी पार्टी, पर्साले शुक्रवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

जसपा महानगर अध्यक्ष ईश्वरचन्द्र यादवले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै धानबाली आगजनीमा पार्टीको संलग्नता नरहेको दाबी गरेका छन् ।

पुस ७ गते वीरगंज महानगर–२२ जगरनाथपुर निवासी हरेन्द्र यादवको धानबालीमा केही व्यक्तिले आगजनी गरेपछि बिहीवार जसपा नेपालले पत्रकार सम्मेलन गरी सो घटनामा जसपाका कार्यकर्ताहरूको संलग्नता रहेको भन्दै आरोप लगाएको थियो ।

बिहीवार पत्रकार सम्मेलन गरी खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनमा चारजना युवाले आगजनी गरेको जसपा नेपाल, पर्साका अध्यक्ष रामनरेश यादवले दिएको अभिव्यक्ति सच्याउन जसपाले ज्ञापनपत्रमार्फत चेतावनी दिएको छ ।

जसपाले बुझाएको ज्ञापनपत्रमा नेपाल सरकारको खानेपानीमन्त्री प्रदीप यादवको नाम नै जोडेर अनावश्यक विवाद गराउन प्रतिशोधको भावना साँधेको नगर अध्यक्ष यादवले बताए । घटनाका दोषीलाई बचाउने खेलमा जसपा नेपाल लागिपरेको नेता तबरेज अहमदले बताए ।

ज्ञापनपत्र बुझाउने टोलीमा जिल्ला समन्वय समिति, पर्साका सभापति अजय सर्राफ, मोहनलाल चौधरी, असलम आलमलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here