प्रस, निजगढ, ९ पुस/
निजगढ नगरपालिकाले नदीजन्य पदार्थ उत्खननको ठेक्का लगाएको धन्सार खोलाको मङ्गलवार बिहान जिल्ला समन्वय समिति तथा संयुुक्त जिल्ला अनुुगमन समितिको टोलीद्वारा अनुुगमन गरिएको छ ।
टोलीले निजगढ नपा–१ सिगौलस्थित चुरे आसपासको धन्सार खोला र ठेकेदारद्वारा उत्खनन गरिएको धन्सार खोलाको अनुुगमन गरेको हो । नदीजन्य पदार्थ उत्खननलाई बेलैमा व्यवस्थित र पारदर्शी गराउन बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले निजगढ नगरप्रमुख सुरथ पुरीलाई पटकपटक आग्रह गरे पनि सो कार्य नभएको बताए ।
यस वर्षको ठेकेदारले ठेक्का अवधिभर धन्सार खोलाबाट जम्मा ८० हजार ५०० घनमिटर अर्थात् २८ लाख ४० हजार ४० घनफिट र दैनिक २९८ घनमिटर अर्थात् १० हजार ५१३.४४ घनफिट वा दैनिक २६ टिप १० चक्के टिपरले नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ओसारपोसार गर्न वातावरणीय परीक्षण प्रतिवेदनमा उल्लेख छ । सो प्रतिवेदन अनुसार नदीजन्य पदार्थ उत्खनन, सङ्कलन गर्ने पारदर्शी व्यवस्था मिलाउन पुनः नगरप्रमुख पुरी र नगरपालिकाबाट खोलाको दैनिक अनुुगमनमा खटिने सबइन्जिनीयर नवीन खनाललाई प्रजिअ अधिकारीले पारदर्शी ढङ्गले दैनिक तथ्याङ्क राख्न निर्देशन दिए । प्राकृतिक स्रोत साधनको जथाभावी उत्खनन, दोहनलाई रोक्न आफू तत्पर रहेको बताउँदै यसमा निजगढ नगरपालिकाले इमानदारीका साथ गम्भीर हुनुुपर्ने प्रजिअ अधिकारीले बताए ।
जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्रकुुमार साहले धन्सार खोलाको अनुगमन गर्दा ठेकेदारले उत्खनन कार्यमा बदमाशी गरेको नपाइएको प्रतिक्रिया दिए । वनजङ्गल, कुनै संरचनालाई हानिनोक्सानी नहुनेगरी नियम अनुसार खोलाको बीच भागबाट बढीमा एक मिटर गहिराइ हुनेगरी खोला उत्खनन गर्न आइइई रिर्पोटमा उल्लेख गरिएको छ ।
अनुुगमनमा रहेका डिभिजन वन कार्यालय, बाराका प्रमुख राजीवकुुमार झाले वनजङ्गल क्षेत्रलाई हानि–नोक्सानी नहुुनेगरी आइइई रिपोर्टमा उल्लेख गरिएका बँुदाहरूलाई पूर्णरूपमा पालना गर्न र यसको दैनिक नियमन निजगढ नपाले गर्नुुपर्ने सुुझाव दिए । चुरे संरक्षित क्षेत्रमा राष्ट्रपति चुुरे तराई–मधेस संरक्षण विकास समितिको सहमतिविना खोला उत्खनन गर्न र नगराउनसमेत डिएफओ झाले निजगढ नपालाई सचेत गराएका थिए ।
अनुुगमनमा निजगढ नगरप्रमुुख पुुरी, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुुख महेन्द्र खड्का, जिल्ला समन्वय अधिकारी आमोद चौधरी, इलाका प्रहरी कार्यालय निजगढ प्रमुख सुमित कुुशवाहा, सशस्त्र प्रहरी बल नेपाल, विपत् व्यवस्थापन सुुरक्षा बेस निजगढका प्रमुुख नन्दकिशोर महतोलगायतको सहभागिता थियो ।