प्रस, वीरगंज, ९ पुस/
साना किसान कृषि सहकारी संस्था लिमिटेड, बाराको पाँचौं साधारणसभा सम्पन्न भएको छ ।

कलैया उपमहानगरपालिका–१८ र २३ का ५७० जना महिला शेयरधनीहरूबाट सञ्चालित साना किसान कृषि सहकारी संस्था लिमिटेडको मङ्गलवार प्रदेशसभा सदस्य महमद समीरले उद्घाटन गर्दै जिल्लामा महिलाहरूबाट सञ्चालित एकमात्र किसान संस्था भएको बताए । उनले बारा जिल्लामा भएका कार्यक्रमहरूमध्ये यस संस्थाको कार्यक्रममा सबैभन्दा बढी महिला सहभागिता देखेर आफू उत्साहित भएको बताए । उनले साना किसान संस्थाले जग्गा खरीद गरेको र भवन निर्माणका लागि सक्दो सहयोग पु¥याउने प्रतिबद्धता जाहेर गरे । उनले साना किसानहरूले गरेका बचतमा सरकारले लिने करको दर घटाउनका लागि पनि आवश्यक पहल गर्ने बताए ।

संस्थाकी अध्यक्ष वदन देवीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश कोषाध्यक्षमा निर्वाचित अनिल गौरवसहित शाखा पदाधिकारीहरूमा निर्वाचितहरूलाई सम्मानित गरिएको थियो । हाल यो संस्थाले छ करोडको कारोबार गरेको छ भने स्थापनाकालदेखि महिलाहरू मात्र सदस्य रहेको यो संस्था बारामा उत्कृष्ट हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here