प्रस, वीरगंज, ९ पुस/
वीरगंज महानगरपालिका–३१ भेडियाहीस्थित शारदा आधारभूत विद्यालयलाई उपकार सेवा नेपालले १० सेट बेन्च र डेस्क सहयोग गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालेश्वर गौरोले उपकार सेवा नेपाल संस्थाकी अध्यक्ष विद्यादेवी सरावगीलगायत पदाधिकारी सदस्यहरूले विद्यालयलाई सहयोग गरी शिक्षामा योगदान दिएबापत धन्यवादसहित प्रशंसापत्रबाट सम्मानित गरेका थिए ।
उपकार सेवा संस्थाकी अध्यक्ष सरावगीले शिवशक्ति घ्यू उद्योगको आर्थिक सहयोगमा आफ्नो संस्थाले विद्यालयलाई बेन्च र डेस्क सहयोग गरेको बताइन् ।
वडाध्यक्ष जीतेन्द्र यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपकार नेपाल संस्थाकी सदस्य पदमादेवी सरावगी, सुमन बगेडिया, अङ्कुर शर्मा, शिवशक्ति घ्यू उद्योगका प्रमुख प्रशासकीय अधिकृत नवलकिशोर सिंह, सामाजिक अभियन्त प्रकाश थारू, मुरमती पासवान, विद्यालय निर्माण समिति अध्यक्ष मोहन गौरो, लखन गौरो, महेश चौधरी, दुखा महतोलगायतको सहभागिता थियो ।