नितेश कर्ण, वीरगंज, ८ पुस/
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सर्लाहीले वार्षिक पूर्वसमीक्षा गोष्ठी गरेको छ ।
जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इन्सेक प्रतिनिधि बुधन साहले सर्लाही जिल्लामा २०८० पुस १७ देखि २०८१ पुस ३ गतेसम्म २०६ वटा मानव अधिकार उल्लङ्घनका घटनाहरू भएको बताए । उनले ३४ जना महिला बलात्कारको प्रयास, २९ जना बालिका बलात्कार र १७ जना महिला बलात्कार भएको तथ्याङ्क पेश गरेका थिए ।
उनले सन् २०२३ मा भएका बलात्कार, बलात्कारका प्रयास, कुटपिट, हत्या, बहुविवाह, बोक्सी, हिंसालगायतका घटनाले सन् २०२४ मा पनि सर्लाहीमा निरन्तरता पाएको बताए ।
कार्यक्रममा पूर्वसांसद प्रमोद साह, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, जिल्ला न्यायाधिवक्ता एकराज अधिकारी, प्रहरी निरीक्ष्Fक बालिष्टर सिंह, नागरिक समाजका महासचिव शिवचन्द्र चौधरी, बज्जिका साहित्य समाजका रामचन्द्र कुशवाहा, युएनडिपीका बचेलाल महतोलगायतको सहभागिता थियो । कार्यक्रममा इन्सेक सर्लाहीले महिला मानव अधिकारकर्मी रम्भा झा, नेपाल पत्रकार महासङ्घ, सर्लाहीकी महिला उपाध्यक्ष वन्दना झालाई सम्मान गरेको थियो ।
कार्यक्रमको सहजीकरण मानव अधिकारकर्मी मुकेश मिश्रले गरेका थिए ।