प्रस, वीरगंज, ७ पुस/
बहुदरमाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषयलाई लिएर उपप्रमुख सुषमा कुशवाहासमेत छजना वडाध्यक्ष र चारजना कार्यपालिका सदस्यले आपत्ति जनाएका छन् ।

नगरप्रमुख सिंगासन साह तेलीले पछिल्लो समय नगरपालिकामा बढेको बेथितिको जिम्मेवार प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफा भएको र निजको सरुवा गराउन आफू लागिपरेको अभिव्यक्ति दिएका थिए । उनले दिएको अभिव्यक्तिको पर्सिपल्ट उपप्रमुख कुशवाहा, वडाध्यक्षहरू प्रमोद यादव, दिनेश यादव, सुरेन्द्र यादव, सुनील महतो कोइरी, रवीन्द्रप्रसाद गुप्ता, जीतेन्द्र पटेल, कार्यपालिका सदस्यहरू नगियादेवी पासवान, सुनीता दवी, समसा खातुन, मुखदेव साह कानूले प्रमुख प्रशासकीय अधिकृतको सरूवा नगर्न सम्बन्धित निकायमा आग्रह गरेका छन् ।
उनीहरूले प्रमुख प्रशासकीय अधिकृतको भूमिका अहम् भएको भन्दै नगरप्रमुखको अभिव्यक्तिको आलोचना गरेका छन् । नगरप्रमुखको एक्लो हठका कारण बजेट सञ्चालनमा नआएको, नगरसभाको निर्णय प्रमाणित नगरेको, नियमित बैठक नभएको र पालिका सञ्चालनमा उत्तरदायी भूमिका निर्वाह नगरेको आरोप लगाएका छन् ।

नगरप्रमुखको आलोचना र प्रमुख प्रशासकीय अधिकृतको पक्षमा उनीहरूले संयुक्त हस्ताक्षर गर्दै प्रेस विज्ञप्ति जारी गरेका हुन् । बहुदरमाई नपामा सात महीनादेखि नगरसभाको विषयलाई लिएर विवाद चुलिएको छ । असार १० गते गर्नुपर्ने नगरसभा विवादकै कारण हुन नसकेपछि कात्तिक ८ गतेसम्म भएको थियो । नगरसभाको निर्णय नगरप्रमुखले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा प्रमाणित गरी पठाउनुपर्ने र सो गरेको खण्डमा मात्र नगरपालिकाको खाता सञ्चालनको लागि मन्त्रालयले कोलेनिकालाई पठाउने नियम रहेकोमा नगरप्रमुखले दुई महीना बित्न लाग्दा पनि नगरसभाको निर्णय मन्त्रालयमा नपठाएको कारण खाता सञ्चालनमा आउन सकेको छैन र बहुदरमाई नपामा आर्थिक समस्याले बेथिति बढेको छ ।

त्यहाँका कर्मचारी, शिक्षकहरूले तलब पाएका छैनन्, ठेकेदारहरूले भुक्तानी पाएका छैनन् र हालै अर्धवार्षिक परीक्ष्Fा पनि सञ्चालनमा नआएको भन्दै विद्यार्थीहरू आन्दोलित हुनुका साथै पुस ५ गते नगरपालिकाको फर्निचरमा आगजनी गरी लाखौंको क्षति पु¥याएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here