प्रस, वीरगंज, ७ पुस/
वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वसदस्य व्यवसायी ओमप्रकाश जायसवालको आइतवार निधन भएको छ ।
वीरगंज महानगर–१० आदर्शनगर निवासी जायसवालको आइतवार बिहान निधन भएको हो । रोटरी क्लब अफ वीरगंजका पूर्वअध्यक्षसमेत रहेका जायसवालले भोजपुरी भाषाको विकासमा योगदान दिंदै आएका थिए ।
उनले भोजपुरी भाषामा रामायण पुस्तक प्रकाशन गरेका छन् । यसैगरी, जयसवाल पेशाले टायर र खाद्यान्न व्यवसायी हुन् ।
यसैगरी, वीरगंज–४ बिर्ता निवासी बस व्यवसायी राम श्रेष्ठको पनि निधन भएको छ । उनले लामो समयदेखि नारायणी यातायात व्यवसायी सङ्घको सचिव पद सम्हालेका थिए ।
शुक्रवार राति श्रेष्ठको काठमाडौंमा निधन भएको र शनिवार त्यहीं दाहसंस्कार गरिएको परिवारजनले बताएका छन् ।