प्रस, वीरगंज, ७ पुस/
शङ्करलाल केडिया मेमोरियल अन्तरविद्यालय फूटबल प्रतियोगिताको तेस्रो संस्करण आइतवारदेखि शुरू भएको छ । आइतवार डिएभी मावि र मनकामना माविबीच खेल भएको थियोे । मनकामनाले डिएभीलाई २–० गोलअन्तरले पराजित गरेको थियो । खेलको ‘म्यान अफ दी म्याच’ मनकामनाका हिमेश चौधरी घोषित भए । डिएभी रुक्मीणी बनारसी केडिया स्कूलले विद्यालयका संस्थापक शङ्करलाल केडियाको ८९औं जन्मजयन्तीका अवसरमा आजदेखि शुरू गरेको प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुने प्रिन्सिपल राकेश मिश्रले बताए । प्रतियोगिताको उद्घाटन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरेका थिए । प्रतियोगितामा वीरगंजका १२ वटा विद्यालयका विद्यार्थी सहभागी भएका आयोजनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here