प्रस, वीरगंज, ६ पुस/
प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भणडारीले पत्रकारितासम्बन्धी तालीमले पत्रकारितामा सुधार आउने बताएका छन् । पब्लिक हेल्थ स्टोरी पत्रिकाले शनिवार आयोजना गरेको एक दिने आधारभूत पत्रकारिता तालीम कार्यक्रममा उनले पीत पत्रकारिता समाप्त गर्न ऊर्जाशील युवा पत्रकारहरूको समूहले खोजमूलक समाचार सङ्कलनमा जोड दिनुपर्ने बताए ।

चौतारीका सचिव राजेन्द्र सिंह र चन्द्रिका पटेलले तालीमका सहभागीहरूलाई प्रशिक्षण दिएका थिए । सामुदायिक सेवा केन्द्र कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा मनोज मिश्रले तालीम लिएका विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here