प्रस, वीरगंज, ५ पुस/
जिल्ला प्रहरी कार्यालय, बाराले ९७ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

बारा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्ष्Fक प्रकाश लम्सालले इलाका प्रहरी कार्यालय, अमलेखगंजका प्रहरी वरिष्ठ नायब निरीक्ष्Fक टेकबहादुर कार्की नेतृत्वको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२२ तीन नम्बर पुल टावरडाँडाको बिरुवा खोलाको झाडीमा लुकाइराखेको अवस्थामा ९७ किलो गाँजा बरामद गरिएको बताए ।

उनले प्रारम्भिक अनुसन्धानको क्रममा गाँजा ओसारपोसारमा प्रयोग भएको बा.११च ७०१२ नम्बरको फोर्ड कारसहित चालक चितवन, राप्ती नगरपालिका–२ गड्यौली निवासी विष्णु लामा, गाडीमा सवार भरतपुर नपा–२४ निवासी टेकबहादुर गुरुङलाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताए । उनले १८ वटा पोकामा ९७ किलो गाँजा रहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here