प्रस, वीरगंज, ४ पुस/
माइती नेपाल, पर्साले बिहीवार पत्रकार सम्मेलन गरी विगत २७ वर्षदेखि पर्सा जिल्लामा चेलीबेटी बेचबिखनविरुद्धको अभियान सञ्चालन गर्दै आएको जानकारी गराएको छ ।
माइती नेपाल, पर्साकी सुपरभाइजर गोमा पौडेलले सन् २०२४ मा २६५ जनाको उद्धार गरिएको र १३२ जनालाई भारत जानबाट रोक लगाइ नेपाल घर फिर्ता पठाइएको बताइन् । उनले १८ वर्षमुनिका १२७ र १९ वर्षमाथिका १२८ जनाको उद्धार गरिएको जानकारी गराइन् ।
सुपरभाइजर पौडेलले २० वर्षमाथिका महिलाहरूलाई घर फर्काउने गरेको र यो अवधिमा सो उमेर समूहका ३९ जनालाई घर फर्काइएको बताइन् । १३२ जनामध्ये १८ वर्षमुनिका ५४ र १९ वर्षमाथिका ७८ जना रहेका तथा यसमा यस वर्ष मधेस प्रदेशको सङ्ख्या सबैभन्दा बढी देखिएको बताइन् । उनले यस वर्ष मधेस प्रदेशका ४५ जना महिलाको उद्धार गरिएको र यो सङ्ख्या सबैभन्दा बढी भएको बताइन् । गत वर्ष मधेस प्रदेशमा यो समस्या नदेखिएको तर यसपटक भने बढेको उनले जानकारी गराइन् ।
यसैगरी, प्रदेशगतरूपमा बाग्मतीका ४२, सुदूरपश्चिमका १२, गण्डकी–लुम्बिनीका नौ/नौ, कोशीका पाँच र कणर्Fलीका दुईजनाको उद्धार गरिएको उनले बताइन् । यस वर्ष गृह संरक्ष्Fणमा २६५ जना रहेको र त्यसमा चारजना बालबालिका रहेकामा उनीहरूको परिवारसँग पुनर्मिलन गराइएको बताइन् ।
२६४ जनाको नेपालमा र एकजनाको भारतमा पुनर्मिलन गराइएको बताइन् । सन् २०२४ मा माइती नेपालले २१ हजार ३७२ वटा सवारीसाधनको चेकजाँच गरेको, २५ हजार ६१५ जनालाई परामर्श दिएको र दुई हजार ४१ वटा पर्चा वितरण गरिएको बताइन् । सुपरभाइजर पौडेलले १४ देखि ५० वर्ष उमेर समूहका ३५ जना नेटवर्किड्ढा लागि भारत जान लाग्दा रोकेको, २९ जना प्रेममा भागेर जानेहरूको उद्धार गरिएको, जानकारी नभएको ठाउँमा जान लागेका २९ जनालाई उद्धार गरेको, सामान खरीदको बहानामा जाने १४, काम गर्ने बहानामा जाने १७, हराएर फेला परेका दुई, आफन्त भेटघाट गर्न भनेर गएका दुई, आर्केस्टाका लागि जाने तीन र औषधि उपचारको बहानामा भारत जान खोजेका दुईजनाको उद्धार गरिएको सुपरभाइजर पौडेलले बताइन् ।
माइती नेपालमा सन् २०२४ मा ३६ वटा निवेदन खोजतलाशको लागि दर्ता भएको बताइन् । उनले उद्धार गरिएका महिलाहरूले लैजाने व्यक्तिको पहिचान नखुलाउने गर्दा समस्या हुने गरेको र भारतबाट उद्धार गरी ल्याउन अदालती बाटो अख्तियार गर्ने हुँदा ढिला हुने गरेको बताइन् । उनले भारतमा अदालतमा पु¥याएर त्यहाँबाट ल्याउँदा समय लाग्ने गरेको तर नेपालमा भने उद्धार गरिएका महिलाहरूलाई अभिभावकको पहिचान गरी हस्तान्तरण गरिने हुँदा भारतीय प्रहरीले परिवारलाई सुम्पिएका महिलाहरूका बारेमा बारम्बार सोधनी गर्ने गरेको बताइन् । उनले सीमानाकामा खट्ने प्रहरीहरूको सरुवा तीन/चार महीनामैं हुने हुँदा उनीहरूको सहकार्यमा काम गर्न पनि समस्या भइरहेको बताइन् ।
चेलीबेटी बेचबिखनविरुद्धको अभियानमा पर्सामा हाल माइती नेपालसहित चारवटा संस्था कार्यरत छन् । समन्वय हात नेपाल, आशिष सामाजिक सेवा र आफन्त नेपाल गरी चारवटा संस्थाले यो क्षेत्रमा काम गरिरहेका छन् तर चारवटै संस्थाबीच समन्वयकारी भूमिका देखिएको छैन । सबैले अलग–अलगरूपमा जानकारी गराउने हुँदा पर्सा जिल्लाबाट हुने गरेको चेलीबेटी बेचबिखन र उद्धार कार्यको यकीन तथ्याङ्क सार्वजनिक हुन सकेको छैन ।