प्रस, वीरगंज, ३ पुस/
नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी, सदस्य, प्रदेश परिषद् सदस्य र केन्द्रीय परिषद् सदस्यलाई बुधवार प्रमाणपत्र वितरण गरिएको छ ।
प्रमुख निर्वाचन अधिकृत शत्रुघ्न नेपाल, निर्वाचन अधिकृत हरेराम सर्राफ र केन्द्रीय पर्यवेक्षक दीपन्द्र चौहानले माला पहि¥याएर प्रमाणपत्र वितरण गरेका थिए । नेपाल पत्रकार महासङ्घ, पर्साको गत मङ्सिर २८ गते सम्पन्न निर्वाचनबाट अध्यक्ष्Fमा ओमप्रकाश खनाल, उपाध्यक्ष भूषण यादव, नीलिमा पौडेल, सचिव विजय चौहान, सहसचिव एसके चौरसिया, अजय चौरसिया र कोषाध्यक्ष्F सञ्जीव मिश्रसमेत १८ जना कार्यसमिति सदस्य, पाँचजना केन्द्रीय परिषद् सदस्य र सातजना प्रदेश परिषद् सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
नवनिर्वाचित अध्यक्ष ओमप्रकाश खनालले पत्रकार महासङ्घलाई साझारूपमा हाँक्ने बताए । उनले राजनीतिक आस्था र विचारलाई पछाडि राखेर व्यावसायिक क्रियाशील पत्रकारितालाई प्राथमिकता दिने बताए । उनले पत्रकार महासङ्घ सबै पत्रकारको साझा सङ्गठन भएकोले महासङ्घको विधान अनुसार सबैलाई समानरूपमा हेर्ने बताए ।
खनालकै अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय पर्यवेक्षक दीपेन्द्र चौहान, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारी, प्रेस काउन्सिलका सदस्य लालबाबू शेख, निर्वाचन अधिकृत हरेराम सर्राफले नवनिर्वाचित पदाधिकारी, सदस्यहरू, प्रदेश र केन्द्रीय परिषद् सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण राजेन्द्र सिंहले गरेका थिए ।