धर्मेन्द्र चौरसिया, पोखरिया, ३ पुस/
जीराभवानी गाउँपालिका–२ सेढवामा आधारभूत अस्पतालको निर्माण कार्य पुनः शुरू भएको छ । आर्थिक वर्ष २०७७/७८ मा स्वास्थ्य मन्त्रालयको बजेटमा निर्माण शुरू भएको यो अस्पतालको निर्माण कार्य भुक्तानी अभावमा रोकिएको थियो । रु आठ करोड लागतमा ओम बुद्ध कन्स्ट्रक्शनले अस्पताल निर्माणको ठेक्का पाएको थियो तर उसले दुई करोडभन्दा बढी खर्च गर्दा स्वास्थ्य मन्त्रालयबाट ३० लाख मात्र भुक्तानी भएको थियो । भुक्तानी अभावमा हालसम्म रोकिएको निर्माण कार्य अहिले गाउँपालिकाको पहलमा शुरू भएको छ ।
जीराभवानी गापाले स्वास्थ्य मन्त्रालयबाट बजेट विनियोजन भएर आएपछि आपूmले भुक्तानी लिने र त्यस पछि गरिने कामको भुक्तानी गापाले दिने ठेकेदारलाई आश्वस्त पारेपछि अहिले काम शुरू भएको ठेकेदार कम्पनीका इन्जिनीयर बन्टी चौरसियाले बताए ।
१० शøयाको अस्पताल निर्माण कार्य तीन वर्षदेखि थाती थियो । अस्पताल निर्माण कार्य सम्पन्न भएर सुचारु भएमा जीराभवानी, जगरनाथपुर, ठोरीका बासिन्दाहरू लाभान्वित हुने बताइएको छ ।