प्रस, परवानीपुर, ३ पुस/
नेपालको ७७ जिल्लामध्येबाट कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट ठहरी रूपन्देहीबाट पर्सा सरुवा भएका प्रमुख जिल्ला अधिकारी हुन्, गणेश अर्याल । उनी पर्सा आएको डेढ महीनाभन्दा बढी समय भयो तर पनि जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीले चाहे जति सेवा सहजरूपमा नपाएको गुनासो छ ।

वीरगंज–२१ पटेलनगरकी अनीता देवीले नागरिकता बनाउनको लागि दुई दिन धाउनुपरेको बताइन् । जिल्ला प्रशासन कार्यालयमा नयाँ नागरिकता वितरण, नागरिकता प्रतिलिपि, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउने काममा सेवाग्राही बढी आउने गर्छन् । साथै मिटरब्याजको मुद्दाको तारेखमा सेवाग्राही बढी आउने गर्छन् ।

दैनिक सयौंको भीड हुने जिल्ला प्रशासन कार्यालयमा सम्बन्धित फाँटले सहज र प्रभावकारी सेवा उपलब्ध नगराउँदा सेवाग्राहीहरूले धकेलाधकेली, मारपिट, होहल्लासमेत गर्ने गरेका छन् । यसै सन्दर्भमा पर्साका प्रजिअ गणेश अर्यालसँग तपाईं आएपछि पर्साको मुख्य सरकारी कार्यालयको रूपमा रहेको जिल्ला प्रशासन कार्यालयमा के के परिवर्तन भए भन्ने प्रश्नमा उनले बिस्तारै सुधार भइरहेको दाबी गरे ।

उनले पहिले नयाँ नागरिकता एक ठाउँबाट वितरण भइरहेकोमा हाल तीनवटा ठाउँबाट वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी गराए ।

यसैगरी, राहदानी बनाउन शुल्क तिर्न केही समस्या भइरहेकामा बैंकका कर्मचारीसँग सहकार्य गरी सो समस्या समाधान गरिएको बताए । राष्ट्रिय परिचयपत्रतिर पनि भीडभाडलाई व्यवस्थापन गरिएको भन्दै उनले जिल्ला प्रशासन कार्यालयको अर्को समस्या भनेको मिटरब्याजीको मुद्दा किनारा नलाग्नु बताए ।

जिल्ला प्रहरी कार्यालय, पर्साले हेरिरहेको करीब पाँच हजार उजूरीमध्ये करीब ५५ प्रतिशत फछ्र्योट भइसकेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले तीन हजार ८०० मुद्दामध्ये जम्मा चारवटा मुद्दा फछ्र्योट गरेको उनले जानकारी गराए । “कात्तिकमा चाडपर्वले गर्दा मङ्सिर–पुसमा नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउनेको सङ्ख्या बढ्यो, जसले गर्दा भीड व्यवस्थापन गर्न सकिएन,” प्रजिअ अर्यालले भने– “मैले विशेषगरी मिटरब्याजको मुद्दा र नागरिकता र सोको प्रतिलिपिको समस्यालाई सूक्ष्म तरीकाले हेरिरहेको छु । केही दिनमैं सबैले अनुभूति हुनेगरी सुधार गरेर देखाउँछु ।”

प्रजिअ अर्याल पर्सा आएको बेला पत्रकार सम्मेलन गरी आप्mनो कार्यालय सँगसँगै पर्साका अन्य सरकारी कार्यालयको अनुगमन, निरीक्ष्Fण गरी ती कार्यालयका विकृति, विसङ्गतिलाई समेत न्यूनीकरण गर्न भूमिका निर्वाह गर्ने बताएका थिए । जबकि पर्सेली जनता मालपोत, नापी, भूमिसुधार, कृषि सामग्री, साल्ट टे«डिङ, यातायात, भूमिसुधार, नारायणी अस्पताललगायत कार्यालयहरूबाट बढी पिरोलिएकोले ती कार्यालयहरूमा बढी ध्यान दिन सुझाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here