बलिराम शुक्ला, बिरुवागुठी, २ पुस/
वीरगंज–२९ रतनपुरस्थित समिलबाट सशस्त्र प्रहरी र वनकर्मीको संयुक्त टोलीले सालको चिरान काठसहित गोलिया बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्सा र डिभिजन वन कार्यालय, पर्साको टोलीले वीरगंज–२९ रतनपुर निवासी नुरहोदा मियाँको समिलमा छापा मारी विभिन्न आकारका ४४ थान चिरान चौकट र एक थान सालको गोलिया बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल १३ नं गण हेडक्वार्टरका सशस्त्र प्रहरी निरीक्षक अनि गुरुङले बताए ।

डिभिजन वन कार्यालय, पर्साका प्रमुख मन्जुर अहमदले चिरान गरी राखेका ४४ थान विभिन्न आकारका चौकट र एक थान सालको गोलिया (३५.१२ क्युफिट) समिलबाट बरामद भएपनि समिल सञ्चालक मियाँ फरार रहेको र उनको खोजी भइरहेको बताए ।

काठ बरामद गर्ने क्रममा स्थानीय महिलाहरूले अवरोध पु¥याएका थिए । बरामद काठ डिभिजन वन कार्यालय, पर्सामा राखिएको छ ।

सबैया साझेदारी वन क्षेत्रबाट समिल धनी मियाँले काठ तस्कर र भरियामार्पmत सालको गोलिया मगाइ समिलमा चिरान गरी फर्निचर तथा चौकट बनाउने गरेको स्थानीयले बताए । सो काठ र चौकट वनकर्मी र प्रहरीको मिलेमतोमा वीरगंजलगायत विभिन्न ठाउँ पु¥याउँदै आएको स्थानीयले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here