प्रस, वीरगंज, २ पुस/
जिल्ला प्रहरी कार्यालय, बाराले १५ किलो गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय, अमलेखगंजका प्रहरी वरिष्ठ नायब निरीक्ष्Fक टेकबहादुर कार्की नेतृत्वको टोलीले जीतपुरसिमरा उपमहानगर–२१ अमलेखगंजमा हेटौंडाबाट पथलैयातर्पm आउँदै गरेको भारतीय नम्बरको कार चेकजाँच गर्दा १५ किलो गाँजा बरामद भएको जिप्रका, बाराले जनाएको छ ।
हिजो बिहान ५ बजे भारतीय नम्बरको कार चेकजाँच गर्दा सीटमुनि फल्स बटम बनाएर गाँजा राखिएको बारा प्रहरीले जनाएको छ । बारा प्रहरीका प्रवक्ता प्रकाश सापकोटाले गाँजा बरामद भएपछि भारत, मोतिहारीका अखिलेशकुमार साह र राजकुमार पासवानलाई पक्राउ गरिएको जानकारी गराएका छन् ।