प्रस, वीरगंज, १ पुस/
वीरगंज महानगरपालिकाको आन्तरिक राजस्व चालू आवको पाँच महीनामा गत आवको सोही अवधिको तुलनामा कम सङ्कलन भएको छ । वीरगंज महानगरपालिका राजस्व महाशाखाले गत आव २०८०/८१ को साउन–मङ्सिरसम्म रु २१ करोड ९९ लाख ९६ हजार ४४२ राजस्व सङ्कलन भएकामा चालू आवको मङ्सिर मसान्तसम्म १९ करोड ९१ लाख १६ हजार ५६६ सङ्कलन भएको जनाएको छ ।

राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालू आवको मङ्सिर मसान्तसम्म सम्पत्तिकर रु आठ करोड ८२ लाख १८ हजार सङ्कलन भएको बताए । उनले गत आवमा सम्पत्तिकर आठ करोड ७२ लाख ८२ हजार ३९३ सङ्कलन भएको जानकारी गराए ।

यसैगरी, चालू आवको मङ्सिर मसान्तसम्म भूमि/मालपोत कर ४७ लाख ४७ हजार ८८०, घरबहाल कर दुई करोड ४५ लाख ४४ हजार १०८, बहाल बिटौरी कर १३ लाख ४९ हजार ४३५, सवारीसाधन कर छ लाख चार हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर ५४००, अन्य मनोरञ्जन कर चार लाख ४३ हजार ४०७, व्यवसाय रजिस्टे«शन दस्तुर एक करोड २२ लाख १९०२, आखेटोपहारमा लाग्ने कर एक करोड तीन लाख ३४ हजार, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय ३६ लाख ६८ हजार १४५, निजी धाराबापतको शुल्क आठ हजार ५२०, अन्य सेवा शुल्क एक करोड ५५ लाख ६१ हजार ४५७, अन्य प्रशासनिक सेवा शुल्क २१ लाख ९२२, नक्शापास दस्तुर एक करोड ४८ लाख २२ हजार ७३५, सिफारिश दस्तुर ७७ लाख ४० हजार, व्यक्तिगत घटना दर्ता दस्तुर १० लाख छ हजार ७९३, नाता प्रमाणित दस्तुर सात लाख २७ हजार ५०, अन्य दस्तुर ७२ हजार १३०, प्रशासनिक दण्ड जरिवाना र जफत १९ लाख नौ हजार ९१८, बेरुजू २५ लाख २९ हजार ७९२ गरी चालू आवको मङ्सिरसम्म १९ करोड ९१ लाख १६ हजार ५६६ सङ्कलन भएको राजस्व महाशाखा प्रमुख कर्णले बताए ।

चालू आवको कात्तिक महीनासम्म महानगरको राजस्व सङ्कलन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ६४ लाख ८४ हजार मात्र कम थियो । मङ्सिर मसान्तसम्म भने यो अन्तर झन् फराकिलो भएको छ ।

करीब दुई करोड आठ लाख अन्तरले चालू आवको पाँच महीनामा राजस्व सङ्कलन घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here