प्रस, वीरगंज, ३० मङ्सिर/
भिन्तुना गुठी भिस्वाका अध्यक्ष दीपेन्द्र गोविन्द वैद्यले योमरी पुन्हि प्राचीनकालदेखि नेवार समुदायले मनाउँदै आएको बताएका छन् ।
योमरी पूर्णिमा (योमरी पुन्हि)को अवसरमा भिन्तुना गुठी भिस्वाले वीरगंज महानगरपालिका–१५ भिस्वामा आइतवार आयोजना गरेको कार्यक्रममा उनले नयाँ धान भिœयाएको खुशियालीमा नेवार समुदायले योमरी पूर्णिमा मनाउने चलन रहेको बताए ।
नेवाः पुच वीरगंजका अध्यक्ष प्राध्यापक हरि वैद्यले योमरी पुन्हिको अर्थ नयाँ धानबाट बनेको चामलको पीठोमा मीठा, चाकु र तिल राखेर बफाएर पकाइने परिकार रहेको बताए । उनले नेवार समुदायले धान राख्ने भकारीमा पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउने गरेको बताए । चेलीबेटीको गर्भ रहँदा गर्भमैं बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको लागि तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन रहेको बताए ।
कार्यक्रममा वीरगंज–५ का वडा सदस्य सञ्जु दाहाल, जुली श्रेष्ठलगायत वीरगंजका नेवार सामुदायको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here