प्रस, सिम्रौनगढ, २९ मङ्सिर/
दिगो कृषि बचत तथा ऋण सहकारी संस्थाको १६औं साधारणसभा शनिवार संस्थाको सभाकक्षमा सम्पन्न भएको छ ।

सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरीप्रसाद कलवारको प्रमुख आतिथ्य तथा सहकारी संस्थाका अध्यक्ष रामएकबालप्रसाद यादवको अध्यक्षतामा भएको साधारणसभामा आव २०८०/८१ को लागि सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल, शेयर पूँजी, शेयर सदस्यको बचत रकम परिचालनको अवस्था, मलखाद खरीद–बिक्रीको अवस्थाबारेमा छलफल गरिएको थियो ।

साधारणसभामा आर्थिक प्रतिवेदन संस्थाका कर्मचारी अर्जुनप्रसाद यादवले प्रस्तुत गरेका थिए । कार्यक्रममा उपप्रमुख नजमु शेहर, प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवाल, बारा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सत्येन्द्र ठाकुरलगायतले मन्तव्य गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here