प्रस, बिरुवागुठी, २९ मङ्सिर/
सखुवाप्रसौनी गापा–१ औराहाबाट अवैधरूपमा राखिएका झ्यालढोकाका सेट वनगस्ती टोलीले बरामद गरेको छ ।
सबडिभिजन वन कार्यालय बडनिहार तथा विन्ध्यवासिनी कोइलाभार साझेदारी वनको संयुक्त गस्ती टोलीले अन्यत्र पठाउन राखिएका सालको काठका झ्यालका सेट आठ र ढोकाका सेट पाँच थान बरामद गरेको जमदार जीतबहादुर तामाङले बताए । बरामद झ्यालढोकाको मूल्य एक लाखभन्दा बढी रहेको छ ।