धर्मेन्द्र चौरसिया, पोखरिया, २८ मङ्सिर/
पर्साको ठोरी अहिले पहेंलपुर (चारैतिर पहेंला रङ्ग देखिने) बनेको छ । बस्ती वरपरदेखि टाढाटाढासम्म खेतबारीमा तोरी फुलेको देखिन्छ । जसको कारण सबैले ठोरीको सुवर्णपुर, विजयबस्ती, सरस्वतीनगर क्षेत्र पुग्दा पहेंलपुरमा आएको आभास हुन्छ ।

ठोरीमा केही वर्षदेखि नगदेबालीको रूपमा तोरीखेती गर्न थालिएको हो । जसले गर्दा हरेक वर्ष मङ्सिर र पुसमा यो ठाउँको सुन्दरतामा तोरीखेतीले विशेष योगदान दिएको छ । पर्साको ठोरीबाहेक अन्य पालिकामा फाटफुट तोरीखेती हुने गरेमा ठोरीमा मात्रै करीब एक हजार ८४२ बिघा क्षेत्रफलमा तोरीखेती गरिएको छ ।

ठोरी गापा कृषि शाखा प्रमुख अरुणराज चौधरीका अनुसार तोरीखेती कात्तिक महीनामा गरिन्छ । पुस अन्तिम साता तोरी भिœयाइन्छ । ठोरीका पाँचवटा वडामा लगाइएको तोरीखेतीबाट मनग्य आम्दानी हुने गरेको चौधरीले बताए । प्रतिकट्ठा २५ देखि ३५ किलो तोरी उत्पादन हुने गरेको र नयाँ तोरी प्रतिकिलो रु १३० देखि १४० सम्ममा बिक्री हुने गरेको छ । एक कट्ठामा तोरी लगाउँदा रु १५ सय खर्च हुन्छ । तर उत्पादन औसत रु चार हजारसम्म हुन्छ भने किसानलाई प्रतिकट्ठा रु २५०० मुनाफा हुने गरेको स्थानीय किसान भुपाल जोशीले बताए । तोरीखेतीमा सिंचाइ त्यति गर्नु नपर्ने भएकोले खेती गर्न सहज छ । यसैले तोरीखेतीतर्फ ठोरीका किसान आकर्षित भएका हुन् । साथै बाली तयार भएपछि भिœयाउने बेलामा खेतबाटै बिक्री हुने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here