प्रस, परवानीपुर, २८ मङ्सिर/
नेपाल पत्रकार महासङ्घ पर्सा रबारामा निर्वाचन सम्पन्न भएको छ । पर्सामा बिहान ९ देखि साँझ ६ बजेसम्म र बारामा बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान सम्पन्न भएको थियो ।

नेपाल पत्रकार महासङ्घ, पर्सा र बाराका सभाहलमा निर्वाचन सम्पन्न भएको निर्वाचन समितिले जनाएका छन् । पर्सामा कुल १६८ जना पत्रकार मतदाता रहेकामा एकजनाको मृत्यु भएको र छजना अनुपस्थित हुँदा १६१ वटा मत खसेको मुख्य निर्वाचन अधिकृत शत्रुघ्न नेपालले जानकारी दिए । पर्सामा १९ सदस्यीय जिल्ला कार्यसमितिको लागि ७८ जनाले उम्मेदवारी दर्ता गराएकामा सातजनाले उम्मेदवारी फिर्ता लिएका थिए । पर्सामा उम्मेदवार बढी हँुदF बिहानैदेखि नेपाल पत्रकार महासङ्घ अगाडि रमिता लागेको थियो । उम्मेदवारहरूले मतदानस्थलमैं प्रत्यक्षरूपमा मतदातासँग मत मागेका थिए ।

त्यसैगरी, बारा जिल्लामा कुल १४४ मतदाता रहेकामा पाँचजना अनुपस्थित भएका थिए । १३९ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत निवेशकुमार तिमिल्सिनाले जानकारी गराए । १९ सदस्यीय जिल्ला कार्यसमितिको लागि यस अघि १० वटा पदमा सहमति भई निर्विरोध निर्वाचित भइसकेका छन् भने आज अध्यक्ष, कोषाध्यक्ष र खुला सातजना सदस्य गरी कुल नौ पदको लागि चुनाव भएको हो ।

यसैगरी, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशको लागि २३ सदस्यीय प्रदेश कार्यसमिति र ३१ सदस्यीय केन्द्रीय समितिका पदाधिकारीहरूको लागि समेत आजै एकैसाथ विभिन्न जिल्लामा मतदान भएको छ । जिल्लाको मतगणना सकेपछि प्रदेश र केन्द्रको मतगणना हुनेछ ।

त्यसैगरी, बारा र रौतहटमा मतगणना सकिएर मतपरिणाम आइसकेको छ । नेपाल पत्रकार महासङ्घ, बाराको अध्यक्षमा समाजवादी प्रेस सङ्गठनका केन्द्रीय सदस्य रमेश सुवेदी विजयी भएका छन् । उनले ७१ मत ल्याइ अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षमा उनका प्रतिद्वन्द्वी प्रेस युनियन बाराका श्यामबाबूप्रसाद यादव ६७ मत ल्याइ चार मत अन्तरले पराजित भए ।

त्यसैगरी, कोषाध्यक्षमा ७० मत ल्याइ प्रेस सेन्टरका रञ्जन यादव विजय भए भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेस युनियनका अनिल पाण्डेले एक मत कम ६९ ल्याइ पराजित भए । त्यसैगरी, खुला सदस्यतर्फ सातजनामा आठजना विजयी भएका छन् । खुलामा नरेश गुप्ता र नारायण पौडेलले समान ८१/८१ मत ल्याइ डेढ/डेढ वर्षको कार्यकाल बिताउने गरी विजयी भएका छन् । त्यसैगरी, अन्य छजना खुला सदस्यमा जिउतप्रसाद यादव, प्रह्लाद तिमिल्सिना, नवीन चौधरी, चन्दनकुमार मेहता, राहुल गुप्ता, प्रभुप्रसाद यादव विजयी भएका छन् ।

प्रस, रौतहट/
नेपाल पत्रकार महासङ्घ, रौतहटको अध्यक्ष पदमा सञ्जय कार्की निर्वाचित भएका छन् । कार्कीले १५ मत प्राप्त गरी विजयी भएका हुन् भने उनको प्रतिद्वन्द्वी उत्तम उपाध्यायले १२, रवीन्द्र साहले १२ र मदन ठाकुरले छ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा डिल्लीबहादुर कार्कीले १८ मत प्राप्त गरी विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी रामएकबाल साहले १५ र पुष्पराज अधिकारीले ११ मत प्राप्त गरेका थिए ।

सचिवमा गौतम श्रेष्ठ २६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वीहरू सन्तोष पौडेलले १० र राकेश यादवले आठ मत प्राप्त गरेका थिए । सहसचिवमा जीतेन्द्र श्रीवास्तव २४ मत प्राप्त गरी विजयी भए भने उनको प्रतिद्वन्द्वी धर्मेन्द्र साहले २० मत प्राप्त गरे ।

सहसचिव समावेशीमा दिनेश यादव २६ मत प्राप्त गरी विजयी भए । उनको प्रतिद्वन्द्वी राकेश यादवले १७ मत प्राप्त गरे । कोषाध्यक्षमा सञ्जय सहनीले २४ मत ल्याइ विजयी भए । उनको प्रतिद्वन्द्वी किशोरी यादवले १६ मत ल्याए । यस अघि मनोनयन दर्ता भएको दिन महिला उपाध्यक्ष निर्विरोध निर्वाचित भएको थियो भने सदस्य पदमा निर्विरोध निर्वाचित भएको थियोे । सदस्यहरूमा कृष्ण तिवारी, उमेश यादव, रामप्रवेश बैठा, महिला सदस्य रश्मी पटेल , रुद्र कार्की, जनजाति प्रकाश श्रेष्ठ निर्वाचित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here