प्रस, वीरगंज, २५ मङ्सिर/
७६औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मङ्गलवार वीरगंजमा मनाइएको छ । दिवसको अवसरमा एम्नेस्टी इन्टरनेशनल नेपाल ग्र्रुप–१६ वीरगंजको आयोजनामा वीरगंज महानगरपालिका, माइती नेपाल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा, आफन्त नेपाललगायतका संस्थाहरूको सहभागितामा वीरगंज–१० आदर्शनगरस्थित ग्रीनसिटी सामुदायिक सेवा केन्द्र र घण्टाघरमा दीप प्रज्वलन गरिएको थियो ।

एम्नेस्टी इन्टरनेशनल नेपाल ग्र्रुप–१६ वीरगंजका अध्यक्ष प्रकाश बाहेतीले प्रत्येक वर्ष डिसेम्बर १० का दिन यो दिवस संसारभरि मनाइने गरेको बताए । उनले सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै आएको बताए ।

कार्यक्रममा एम्नेष्टी इन्टरनेशनल नेपाल ग्रुप–१६ का संयोजक राजेश जैन, सचिव रजनीश झा, कार्यकारी सदस्य सुनील महतो, बृजेश टेमानी, नरेश साह, विजय साहलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here