प्रस, वीरगंज, २२ मङ्सिर/
जिल्ला प्रहरी कार्यालय, बाराले शनिवार अमलेखगंजबाट ६० किलो चाँदीसहित एकजना युवकलाई पक्राउ गरेको जनाएको छ ।
बारा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले इलाका प्रहरी कार्यालय, अमलेखगंजका प्रहरी वरिष्ठ नायब उपरीक्षक टङ्कबहादुर कार्की नेतृत्वको टोलीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००५ प ३२६ नम्बरको स्कूटी चेकजाँच गर्दा सोबाट ६० किलो चाँदी बरामद भएको बताए ।