प्रस, वीरगंज, २० मङ्सिर/
ज्ञानदा एकेडेमीमा कक्षा १२ मा कम्प्युटर विज्ञान विषय अध्ययनरत विद्यार्थीहरूले एकदिवसीय शैक्षिक भ्रमण गरेका छन् । उनीहरूलाई शैक्षिक भ्रमणको क्रममा हेटौंडा उपमहानगरस्थित डिजास्टर रिकभरी सेन्टरमा लगिएको थियो । सो सेन्टरमा विद्यार्थीहरूले नौलो विषयमा महŒवपूर्ण जानकारीहरू प्राप्त गरेको बताए ।
उनीहरूले टेक्नोलोजी र डेटा सुरक्षाको विषयसँग सम्बन्धित महŒवपूर्ण जानकारीका साथै यसको प्रयोगले अहिलेको परिप्रेक्ष्यमा पुगेको टेवालाई नजीकबाट नियाल्ने मौका पाएको बताए । डेटा कसरी भण्डारण र सुरक्षित गरिएको छ भनेर बुझ्नेदेखि लिएर आपदा पुनप्र्राप्ति योजनाहरूको बारेमा सिकाइ गरेका थिए । विद्यार्थीहरूले डेटा भण्डारण, जगेडा प्रणाली र आपदा रिकभरी रणनीतिहरूको बारेमा पनि धेरै कुरा सिकेको ज्ञानदा एकेडेमीले जनाएको छ । टेक्नोलोजीले कसरी संसारलाई सहजरूपमा चलाउँछ भन्ने कुरा उनीहरूका लागि आकर्षकको विषय थियो ।