प्रस, वीरगंज, १९ मङ्सिर/
भूमिसुधार तथा मालपोत कार्यालय पर्सा अन्तर्गत प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला सिफारिश समितिले मधेस विश्वविद्यालयको लागि ३० बिघा जग्गा सिफारिश गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको जिल्ला सिफारिश समितिले हिजो मङ्गलवार साँझ बैठक बसी मधेस विश्वविद्यालयलाई बहुदरमाई नगरपालिकामा रहेको ३० बिघा जग्गा लिज अथवा उपभोगका लागि प्रदान गर्न भूमिसुधार तथा मालपोत विभागमा सिफारिश गरेको छ ।

सिफारिश समितिका सदस्यसचिव एवं भूमिसुधार तथा मालपोत कार्यालय पर्साका प्रमुख डमरु निरौलाले जिल्ला सिफारिश समितिले विभागमा सिफारिश गरेको र अब विभागले मन्त्रालयमा सिफारिश गर्नुपर्ने अनि मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउने र त्यहाँबाट निर्णय भए अनुसार हुने बताए ।

जिल्ला सिफारिश समितिमा मेन्टेनेन्स नापी कार्यालय पर्साका प्रमुख राजीव झा, डिभिजन वन कार्यालयका प्रमुख मन्जुर अहमद सदस्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here