प्रस, वीरगंज, १७ मङ्सिर/
पशुबलिका लागि विश्वप्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलाका लागि प्रदेश र पालिकाहरूमा बिदा दिने लहड शुरू भएको छ । मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्रालयका प्रदेश सचिव उद्धवप्रसाद रिजालले मङ्गलवार सूचना जारी गर्दै गढीमाई मेलाको मुख्य बलिका दिन मङ्सिर २३ गते प्रदेशमा सार्वजनिक बिदा घोषणा गरेका छन् ।

गढीमाई मेलास्थल बारा जिल्ला महागढीमाई नपाले भने मङ्सिर २१ देखि २५ गतेसम्म पालिकास्तरमा सार्वजनिक बिदा घोषणा गरिसकेको छ ।

यही मङ्सिर २ गते १६ वटै पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको भेलाले गढीमाई मेलालाई लक्षित गरेर आआफ्नो पालिकामा बिदा दिने निर्णय गरे अनुसार अहिले बाराका १५ वटा पालिकाले चार दिने बिदा घोषणा गरेका छन् । मङ्सिर २१ गते शुक्रवारका दिन विवाहपञ्चमी परेको छ भने भोलिपल्ट २२ गते शनिवार र त्यसपछि २३ गते राँगा अनि २४ गते बोकालगायत पशुपक्षीको बलि दिने मिति तोकिएको छ । विवाहपञ्चमीका दिन शुक्रवार मधेस प्रदेश सरकारले बिदा दिंदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here