प्रस, रौतहट, १८ मङ्सिर/
आधुनिक प्राथमिक विद्यालय, राजपैडाका प्रधानाध्यापक किशोरी चौधरीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरू गरेको छ ।

चन्द्रपुर नगरपालिकाको पत्र किर्ते गरी रकम हिनामिना गरेका प्रअ चौधरीमाथि लागेको आरोपमा
प्रहरीले आज पक्राउ गरी जिल्ला अदालत रौतहटबाट म्याद थप गराएको छ ।

चन्द्रपुर नगरपालिकाको कार्यालयले विद्यालय भवन निर्माणका लागि गत आवको विशेष अनुदानबाट आधुनिक प्राथमिक विद्यालय, राजपैडाको खातामा ४७ लाख ७५ हजार पठाएको थियो । सो विद्यालय भवन निर्माणको लागि ब्रह्मबाबा कन्स्ट्रक्शनसँग ५३ लाख ९८ हजारमा सम्झौता भएको थियो ।

विद्यालयमा पठाएको सो रकम कार्यालयको पत्रविना भुक्तानी नगर्नु भनेर चपुर नपाले विद्यालय र बैंकमा भुक्तानी रोक्कापत्र पठाएको थियो । चार कोठे विद्यालय भवन निर्माणको क्रममा ठेकेदारले काम अनुसारको भुक्तानी माग दाबी गरेपछि चपुर नपाले प्राविधिकबाट नापजाँच गराएर रनिङ बिलबापत हुन आएको २० लाख १० हजार भुक्तानीका लागि विद्यालयमा फुकुवापत्र पठाएको थियो । सो पत्रका आधारमा बैंकले ठेकेदार कम्पनीलाई रकम भुक्तानी गरेको थियो ।

तर यसबीचमा विद्यालयको खातामा भवन निर्माणबापतको बाँकी रकम भने प्रअ चौधरीले नपाको अर्काे किर्ते पत्र तयार गरेर भुक्तानी बुझेका थिए । चौधरीले भवन निर्माणबापतको २७ हजार ६५ हजार किर्ते गरेको देखिएपछि उनलाई प्रहरीले आज पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरू गरेको छ ।

रौतहट प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपककुमार रायले लिखत किर्ते सम्बन्धमा प्रअ चौधरीलाई पक्राउ गरी कारबाही अगाडि बढाएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here