प्रस, सिम्रौनगढ, १७ मङ्सिर/
सिम्रौनगढ क्षेत्रको सम्पदा संरक्षणमा आधारित अभिमुखीकरण कार्यक्रम सोमवार सम्पन्न भएको छ । सिम्रौनगगढ नगरपालिकाको सभाकक्षमा तीन दिनसम्म चलेको अभिमुखीकरणमा देशभरि रहेका पुराना सम्पदाको संरक्षण र यसमा स्थानीय तह र जनताको भूमिका, दायित्व र कर्तव्यबारेमा छलफल भएको थियो ।
पुरातŒव विभागका महानिर्देशक डा सौभाग्या प्रधानाङ्गको अध्यक्षता तथा सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरीप्रसाद कलवारको प्रमुख आतिथ्य सम्पन्न समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जैसवाल,वरिष्ठ पुरातŒवविद् देवेन्द्रनाथ तिवारी, प्रमुख पुरातŒव अधिकृत रामबहादुर कँुवर, कङ्काली माविका प्रअ ऋषभदेव यादव, शिक्षक उमाशङ्करप्रसाद यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा मधेस प्रदेश सरकार पर्यटन विभागका कार्यक्रम प्रमुख बबिता जैसवाल, सिम्रौनगढ नापी शाखा प्रमुख नवलकिशोर उपाध्याय, उद्योग वाणिज्य सङ्घ सिम्रौनगढका अध्यक्ष लालबाबुप्रसाद कुशवाहा, वडाध्यक्षहरू, राजनीति दलका प्रतिनिधिहरू र स्थानीय सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी थिए ।
पुरातŒव विभागका अधिकृत कुँवरले स्वागत र मञ्जु थापाले सहजीकरण गरेका थिए । अभिमुखीकरण कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । यसैगरी, नगरपालिका र उद्योग वाणिज्य सङ्घले महानिर्देशक प्रधानाङ्गलाई मायाको चिनो प्रदान गरेका थिए ।