यसै हप्ता, गत मङ्गलवार प्रतीक दैनिकमा सिन्ह्वा समाचार समितिद्वारा प्रेषित महिला हिंसाको तथ्याङ्कले कहालीलाग्ने अवस्था उत्पन्न गरेको छ । सो समाचारमा बितेको वर्ष, अर्थात् सन् २०२३ मा संसारभरिमा करीब ८५ हजार महिला तथा बालिकाको हत्या भएको राष्ट्रसङ्घको प्रतिवेदन उधृत गरिएको छ । यस घटनामा अझ डरलाग्दो तथ्याङ्क के छ भने ती महिला तथा बालिकाहरूमध्ये ६० प्रतिशत उनका साथी तथा परिवारका सदस्यहहरूद्वारा गरिएको हो । यस सङ्ख्याले विश्वभरि प्रतिदश मिनेट एकजना महिलाको हत्या भएको देखिन्छ ।
यद्यपि संयुक्त राष्ट्रसङ्घले नोभेम्बर २५ लाई विश्वभर ‘महिला हिंसाविरुद्ध अन्तर्राष्ट्रिय दिवस’ मनाउने घोषणा गरेको छ । संसारभरिका महिलाहरूले भोगिरहेको प्रत्यक्ष्F–अप्रत्यक्ष हिंसाबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने घोषणा गरिएको हो । तर महिला हिंसाको सङ्ख्या भने प्रतिवर्ष बढि नै रहेको छ । तसर्थ यो दिवस विगत तथा वर्तमान समयमा महिलाहरूले भोगिरहेको दुःखको स्मरण तथा हिंसामुक्त राख्न गरिने सबै प्रकारका प्रयासलाई सहयोग गर्ने अवसर हो ।
१९६० नवम्बर २५ मा डोमिनिकन गणराज्यका तानाशाह राफेल त्रुजिलोको विरोधमा उत्रेका कारण, त्यहाँका तीनजना दिदीबहिनी—प्याट्रिया, मिनर्वा र मारियाको त्रूmर तरीकाले हत्या गरिएको थियो । तिनै दिदीबहिनीको स्मृतिमा नोभेम्बर २५ लाई महिला हिंसाविरुद्ध दिवसको रूपमा संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको हो । उनीहरूको मृत्यु ल्याटिन अमेरिकी महिलाहरूको सङ्घर्षको प्रतीक बन्यो । यो मिति चयन गरेर संयुक्त राष्ट्रसङ्घले तीन दिदी–बहिनीको बलिदानलाई सम्मानित गर्न र महिलामाथि भएका हिंसाविरुद्ध वैश्विक सङ्घर्षलाई प्रेरित गर्न खोजेको हो । यो दिवस महिलाविरुद्ध हिंसा समाप्त गर्न एउटा व्यापक अभियानको हिस्सा हो, जुन विभिन्न देशमा कानूनी प्रावधान र नीतिका बावजूद दशकौंदेखि एउटा प्रमुख मुद्दा बनेको छ । यो कार्यक्रमले कार्यकर्ता, सरकार र वैश्विक स्तरका संस्थाहरूको समन्वयमा महिलाहरूलाई हिंसाबाट बचाउन र उनीहरूको सुरक्षा सुनिश्चित गर्न व्यावहारिक कदमको निरुपण गर्दछ ।
मानव समाजमा महिलाविरुद्ध हिंसा विभिन्नरूपमा प्रकट हुन्छ, जसले महिलाहरूमा गम्भीर र दिगोे मानसिक र शारीरिक असर पु¥याउँछ । यसमा शारीरिक, यौन, मानसिक र आर्थिक हिंसा समावेश छन्, साथै बालविवाह र महिला जननाङ्ग विच्छेदन (खतना) जस्ता हानिकारक पारम्परिक अभ्यास पर्छन् । यी सबै हिंसाले महिलाका जीवनमा गम्भीर असर पु¥याउँछ र प्रायः दीर्घकालिक परिणाम ल्याउँछ ।
शारीरिक र यौन हिंसा–शारीरिक हिंसामा मारपीट, पोल्ने, डाम्ने, अङ्गभङ्ग गरी शारीरिक हानि पु¥याउने क्रियाकलाप पर्छ । यौन हिंसामा बलात्कार, यौन हमला र अन्य अनिच्छित यौन क्रियाकलाप समावेश छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार लगभग तीन महिलामध्ये एक महिला विश्वभर शारीरिक वा यौन हिंसामा पर्छन्, प्रायः यो हिंसा आफन्तबाट हुन्छ । यस्तो हिंसाले लामो समयसम्म स्वास्थ्य समस्या, जस्तै– पुरानो पीडा, विकलाङ्गता र प्रजनन स्वास्थ्यमा समस्या निम्त्याउन सक्छ । मानसिक हिंसा– मानसिक हिंसामा भावनात्मक वा मानसिक दुव्र्यवहार पर्छ । जस्तै–दुर्वचन, धम्की, डर देखाउने र नियन्त्रणमा राख्ने । यस्तो हिंसा शारीरिक हिंसाभन्दा गम्भीर हुन सक्छ । यसले पीडितको अहं र स्वायत्तता कमजोर बनाउँछ । यो एक प्रकारको मौन हिंसा हो, जुन थाहा पाउन गाह्रो हुन्छ, तर यसले चिन्ता, कुण्ठाजस्ता मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।
आर्थिक हिंसा–यसमा महिलाको वित्तीय स्रोतसम्म पहुँच हुन नदिने वा प्रतिबन्ध गर्ने क्रियाकलाप समावेश हुन्छ, जसले उनीहरूलाई स्वतन्त्रता प्राप्त गर्नबाट रोक्दछ । यसमा पैसा रोक्नु, काममा जान नदिनु वा महिलाको वित्तीय स्थिरता विफल पार्नु समावेश हुन्छ । आर्थिक हिंसा दुराचारीका लागि नियन्त्रण कायम राख्ने उपकरण हो, जसले महिलालाई दुराचारी व्यक्तिसँग सम्बन्ध तोड्न कठिन बनाउँछ । हानिकारक पारम्परिक अभ्यास– यो सांस्कृतिक अभ्यासका रूपमा महिला जननाङ्ग विच्छेदन हो । यसमा महिलाका जननाङ्ग आंशिक वा पूर्णरूपमा काटिन्छ । विशेषगरी अफ्रिका, मध्यपूर्व र दक्षिणपूर्व एशियामा हुने यस अभ्यासले जीवनभरको स्वास्थ्य समस्या निम्त्याउँछ, जस्तै–सङ्क्रमण, प्रजननहीनता र प्रसूति समस्या । बालविवाहमा कानूनी वा शारीरिकरूपले सक्ष्Fम नहुँदै विवाह गरिदिइन्छ, जसका कारण प्रारम्भिक गर्भावस्था, मस्तिष्क स्वास्थ्य समस्या त हुन्छ नै, उनीहरू शिक्षा तथा सामाजिक अवसरबाट वञ्चित हुन्छन् ।
महिलाविरुद्ध हिंसाको प्रभाव गहिरो र व्यापक छ । यसले पीडित महिलालाई मात्र होइन, तिनका परिवार, समुदाय र सम्पूर्ण समाजलाई असर पु¥याउँछ । यसको दुष्परिणाम शारीरिक मात्र होइन, सामाजिक, मानसिक र आर्थिक पनि हुन्छ । हिंसा भोगेका महिलाहरूमा डिप्रेशन, चिन्ता र आत्महत्याका विचार आउने बढी सम्भावना हुन्छ । उनीहरू शारीरिक स्वास्थ्य समस्या, जस्तै–पुरानो पीडा, यौन रोग र अवाञ्छित् गर्भको सामना गर्न सक्छन् । जुन समाजमा हिंसा भएको महिलाहरू सामाजिक कलङ्क बोकेर समाजबाट बहिष्कृत हुन्छन्, ती आपूmप्रति भएको दुव्र्यवहारको कानूनी प्रतिकार पनि गर्न सक्दैनन् । यसले हिंसाको चक्र कायम रहन्छ ।
आर्थिक दृष्टिकोणले पनि महिलाविरुद्ध हिंसाले ठूलो असर पु¥याउँछ । महिलाहरूको अधिकार र स्वतन्त्रता उल्लङ्घन हुँदा आर्थिक वृद्धि र विकासमा असर पुग्छ, विशेषगरी निम्न आय भएका र विकासशील देशहरूमा ।
महिलाविरुद्ध हिंसा हटाउने प्रयास महिलाविरुद्ध हिंसा हटाउन बहुआयामी दृष्टिकोण आवश्यक छ, जसमा कानूनी, सामाजिक र शैक्षिक सुधारहरू समावेश छन् । केही क्षेत्रमा प्रगति भएको भए पनि अझै धेरै काम गर्न बाँकी छ ।
कानूनी ढाँचा र नीति–धेरै देशले महिलाहरूलाई हिंसाबाट जोगाउन कानून बनाएका छन्, जस्तै घरेलु हिंसा कानून, एन्टी–स्टोकिङ कानून र वैवाहिक बलात्कारका प्रावधानहरू । अन्तर्राष्ट्रिय सम्झौता, जस्तै–महिला अधिकारको सर्ववर्गीय विरोधमा ऋभ्म्ब्ध् र इस्तानबुल सन्धिले महिलाविरुद्ध हिंसा र घरेलु हिंसा रोक्न मापदण्ड तय गर्दै सदस्य राष्ट्रहरूलाई यी मुद्दा समाधान गर्न प्रेरित गर्दछ ।
शिक्षा र जनचेतना–सार्वजनिक शिक्षा अभियानहरू महŒवपूर्ण हुन्छन्, जसले सामाजिक दृष्टिकोण परिवर्तन गर्न र हिंसा र लिङ्ग विभेदलाई चुनौती दिन्छन् । अन्तर्राष्ट्रिय दिवसले महŒवपूर्ण प्लेटफर्मको काम गर्छ जसले सार्वजनिक चेतना फैलाएर हिंसाका दायरा र परिणामबारे जनतालाई शिक्षित गर्न मदत गर्छ ।
पीडितहरूको लागि सहयोग सेवा–शरण, हेल्पलाइन, कानूनी सहायता र मानसिक परामर्शजस्ता सहयोग सेवामा पहुँच, महिलाहरूका लागि हिंसात्मक परिस्थितिबाट बाहिर निस्कन अत्यन्त आवश्यक छ । सामुदायिक आधारका संस्थाहरूले यस्ता सेवा उपलब्ध गराउन महŒवपूर्ण भूमिका खेल्छन्, तर सरकार र अन्तर्राष्ट्रिय सङ्गठनहरूले यी स्रोतहरूको उपलब्धता, पहुँच र पर्याप्त वित्तीय समर्थन सुनिश्चित गर्न काम गर्नुपर्छ ।
पुरुष र केटाकेटीहरूको सहभागिता–महिलाहरूलाई सशक्त बनाउनुका साथै, महिलाविरुद्ध हिंसा हटाउन पुरुष र केटाकेटीहरूको पनि सहभागिता आवश्यक छ । पुरुषहरूको व्यवहार र दृष्टिकोणमा परिवर्तन आवश्यक हुन्छ, जसले पितृसत्तात्मक मान्यतालाई चुनौती देओस् तथा लिङ्ग आधारित हिंसा रोकियोस् । यस्ता कार्यक्रमहरूले पुरुषलाई लिङ्ग समानता र अहिंसा प्रवद्र्धन गर्न उत्प्रेरणा दिन्छ ।
महिलाविरुद्ध हिंसा रोक्न अन्तर्राष्ट्रिय दिवस महŒवपूर्ण अवसर हो, जसले लिङ्ग आधारित हिंसाको विशालता र यसको समाप्तिको लागि वैश्विक प्रतिबद्धतालाई जनाउँछ । महिलाविरुद्ध हिंसा मानव अधिकारको उल्लङ्घन हो, जसले सीमा, संस्कृति र सामाजिक–आर्थिक स्थितिको वास्ता नगरी, विश्वभरका महिलाहरूलाई असर पु¥याउँछ । यो एउटा सङ्कट हो जसका लागि व्यक्ति, समुदाय, सरकार र अन्तर्राष्ट्रिय संस्थाहरूको समन्वित प्रयास आवश्यक हुन्छ । कानूनी सुरक्षा बलियो पार्नु, पीडितलाई सहयोग दिनु, त्याज्य सामाजिक मान्यताहरूलाई चुनौती दिनु र जनतालाई शिक्षित गर्नु जस्ता उपायबाट यस्तो संसार बनाउन सकिन्छ, जहाँ सबै महिला हिंसा र डरबाट मुक्त रहन्छन् । त्यसैले यो दिवसले लिङ्ग समानता र महिलाविरुद्ध हिंसा हटाउने सङ्घर्ष केवल महिलाको मुद्दा होइन, सबैको मानव अधिकारको मुद्दा हो भन्ने बुझ्न सहयोग गर्छ ।
(विभिन्न एजेन्सीहरूको सहयोगबाट)