नरेश यादव, पर्सागढी, १२ मङ्सिर/
पर्सागढी नगरपालिकामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरूमध्ये एउटा मात्र निष्क्रिय देखिएको छ ।
पर्सागढी नपाका सहकारी शाखा प्रमुख झरना क्षत्रीले नगरपालिका अन्तर्गत ४५ वटा र प्रदेश अन्तर्गतका पाँचवटा गरी ५० वटा बचत तथा ऋण सहकारी संस्था रहेको बताइन् ।
उनले नगरपालिका अन्तर्गतका ४५ मध्ये दैनिक बचत तथा ऋण सहकारी संस्था दर्ता भएर निष्क्रिय बसेको बताइन् । दैनिक बचतले अहिलेसम्म बचत र ऋण प्रवाहको कार्य नगरेको उनले बताइन् । पर्सागढी नपा–३ बडनिहारमा रहेको जूनतारा बचत तथा ऋण सहकारी संस्था महिलाहरूद्वारा सञ्चालित रहेको बताइन् । पर्सागढी नपा–४ सबैयाटाँडीमा रहेको मधेस प्रदेश अन्तर्गतको सहयात्री बचत तथा ऋण सहकारी सबैभन्दा पुरानो हो । यो संस्थाले आजै आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवमा यो सहकारीले आज चियापान कार्यक्रम गरेको थियो ।