प्रस, वीरगंज, ८ मङ्सिर/
जनमत पार्टी पर्साले यही मङ्सिर १० गते सोमवार वीरगंजमा रङ्गभेदविरुद्धको एकता दिवस मनाउने निर्णय गरेको छ ।

शनिवार जिल्ला कार्यसमितिको बैठकले सो निर्णय गरेको अध्यक्ष ओमप्रकाश सर्राफले बताए । प्रत्येक वर्ष मङ्सिर १० गतेका दिन जनमतले यो दिवस मनाउँदै आएको छ । जनमत पार्टीका अध्यक्ष डा सिके राउत सोही दिन काठमाडौंमा पक्राउ परेका थिए । काठमाडौंको खुला मञ्च र जिल्लाहरूमा यो दिवस मनाइँदै आएको अध्यक्ष सर्राफले बताए । उनले केन्द्रीय निर्णय अनुसार रङ्गभेदविरुद्धको एकता दिवस मनाउने निर्णय भएको जानकारी गराए ।

बैठकमा सिपु तिवारी, अनीता चौरसिया, सञ्जय सिंह, श्यामशङ्कर चौरसिया, राहुल रौनियार, राजेश चौरसियालगायको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here