प्रस, वीरगंज, ८ मङ्सिर/
लायन्स क्लब अफ वीरगंज आदर्शनगर एरिया–३ को आयोजनामा शनिवार घडीअर्वा पोखरी परिसरमा निश्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा २२५ जनाको मधुमेह र रक्तचाप परीक्षण गरिएको कार्यक्रम संयोजक किशोर गुप्ताले बताए । उनले भागदौडपूर्ण जीवनशैलीमा मानिसहरूले खानपानमा ध्यान नदिने गरेका कारण मधुमेह र रक्तचापका बिरामीहरूको सङ्ख्या दिनानुदिन वृद्धि भइरहेकोले स्वास्थ्य शिविर आयोजना गरिएको बताए ।

शिविरमा चिकित्सकहरूबाट रोग परीक्षण गरिनुका साथै खानपिनमा ध्यान दिन र योग तथा प्रातःभ्रमण गर्न सल्लाह दिइएको उनले बताए । सो क्लबका अध्यक्ष विमल जैनको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका प्रकाश बाहेती, राजेन्द्र भट्टराई, दीपु रौनियार, प्रदीप डालमिया, अभिलाष गुप्ता लगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here