प्रस, वीरगंज, ८ मङ्सिर/
राष्ट्रिय एकता अभियानले काठमाडौंमा हिन्दू संस्कृति र नेपाल–भारत सम्बन्ध विषयक कार्यक्रम शनिवार सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख वक्ता भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं पूर्व विदेश विभाग प्रमुख विजय जोलीले दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ गर्न सबै तहमा सहकार्य आवश्यक रहेको बताए । उनले नेपाल हिन्दू सभ्यताको महŒवपूर्ण केन्द्रको रूपमा रहेको बताउँदै दुई देशबीचको सम्बन्ध केवल राजनीतिक नभई सांस्कृतिक र भावनात्मक जगमा आधारित रहेको बताए ।

संविधानसभा सदस्य भुपेन्द्र चौधरीले हिन्दू सभ्यताको सशक्तीकरण र राष्ट्रिय एकताको लागि अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, पूर्व राजपा उपाध्यक्ष सत्यनारायण मण्डल, राष्ट्रिय मुक्ति पार्टीका नेता सिएन थारू, समाजसेवी विजय राउतलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

अभियानका अध्यक्ष विनय यादवको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य चन्द्र यदुवंशी, युवा विभाग प्रमुख दिवस पटेल, महिला विभाग प्रमुख रीता साह, बाग्मती प्रदेश इन्चार्ज शिशिर रञ्जीतकार, उपत्यका इन्चार्ज महेश्वरमान वैद्य, काठमाडौं जिल्ला संयोजक राजकुमार लामिछानेलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here