प्रस, सिम्रौनगढ, ७ मङ्सिर/
प्रसिद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल बाराको सिम्रौनगढ–४ हरिहरपुरको पलकियामाई ऐतिहासिक बाकस भन्ने तलुजाभवानी क्षेत्रमा शुक्रवारदेखि उत्खनन कार्य शुरू भएको छ ।
नेपाल सरकार पुरातŒव विभाग काठमाडौंबाट आएको टोलीले आजदेखि उत्खनन कार्य शुरू गरेको हो । पुरातŒव अधिकृत हरिप्रसाद भुसालले उत्खनन कार्य आजदेखि शुरू भएको र २१ दिनसम्म चल्ने बताए । उनले तलुजाभवानी क्षेत्रका दुई ठाउँमा उत्खनन गर्ने योजना रहेको बताए ।
अधिकृत भुसालले पलकियामाई परिसरभित्रको मड आकृतिको उच्च भागमा जमीनको सतहमा थुप्रै पुराना इँटाका टुक्राहरू, भाँडाकुँडाहरू, प्रश्तर वास्तु अंशहरू सतहमा पाइएको हँुदा र जिओ फिजिक्स सर्भेले पनि सो स्थानलाई महŒवपूर्ण साइटको घोषणा गरेकोले जमीनमुनि कस्तो प्रकारको वास्तु संरचना हुन सक्छ, सोको पहिचानको लागि उत्खनन कार्य भइरहेको बताए ।
पुरातŒव विभाग काठमाडौंका पुरातŒव अधिकृत भास्कर ज्ञवालीको नेतृत्वमा चारजनाको टोली उत्खननका लागि हिजो सिम्रौनगढ आएका र आजदेखि काम शुरू गरेका छन् । यो टोलीमा पुरातŒव विज्ञ देवेन्द्रनाथ तिवारी, पुरातŒव अधिकृत भुसाल र छविकार नर्मदा श्रेष्ठ छन् ।
उत्खनन टोलीले हिजो लेआउट तयार गरेको थियो भने आजदेखि ६ बाई ४ फिटको डेल्चमा उत्खनन कार्य शुरू गरेको छ ।