प्रस, वीरगंज, ७ मङ्सिर/
उपकार सेवा नेपालले यो महीना पनि ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्धाश्रमलाई दैनिक उपभोग्य वस्तु सहयोग गरेको छ । आश्रममा आश्रित २३ जना अपाङ्ग, सुस्तमनस्थिति, वृद्धवृद्धा आमाबुबा तथा बालबालिकाहरूको लागि चामल, दाल, मसला, बेसार, खुर्सानी, बिस्कुट, चाउचाउ, च्युरा, नुन, खानेतेल, सर्फ, हार्पिक, फिनेल, साबुन, सेनिटरी प्याड, डाइपरलगायतका दैनिक उपभोग्य सामग्री उपलब्ध गराएको सामाजिक कार्यकर्ता प्रकाश थारूले बताए ।

आश्रममा पुगेर संस्थाकी अध्यक्ष विद्याकुमारी सरावगीले आश्रमका सदस्य रामबहादुर थिङलाई ती सामग्रीहरू हस्तान्तरण गरेकी थिइन् ।

उपकार सेवा नेपालले ठोरीको यो आश्रमलाई मासिक रूपमा दैनिक उपभोग्य सामग्री सहयोग गर्दै
आएको सामाजिक कार्यकर्ता थारूले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here